रुस र युक्रेनबीच युद्धबन्दी साटासाट

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को मध्यस्थतामा रुस र युक्रेनले सयौँ युद्धबन्दी आदानप्रदान गरेका छन्। रुसी रक्षा मन्त्रालयले बन्धकमा राखिएका १५० युक्रेनी सैनिकलाई रुसी सेनाको बराबर सङ्ख्यामा अदला बदली गरेको बताएको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्क्सीले १८९ युक्रेनी नागरिक घर फर्किएको बताएका छन्। उनले भने, ‘रिहा भएकाहरूमा अजोभस्टल र मारिउपोलका रक्षकहरू छन्, जो चेर्नोबिल […]

Dec 31, 2024 - 05:34
 0
रुस र युक्रेनबीच युद्धबन्दी साटासाट

एजेन्सी ।

संयुक्त अरब इमिरेट्स (युएई) को मध्यस्थतामा रुस र युक्रेनले सयौँ युद्धबन्दी आदानप्रदान गरेका छन्। रुसी रक्षा मन्त्रालयले बन्धकमा राखिएका १५० युक्रेनी सैनिकलाई रुसी सेनाको बराबर सङ्ख्यामा अदला बदली गरेको बताएको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्क्सीले १८९ युक्रेनी नागरिक घर फर्किएको बताएका छन्।

उनले भने, ‘रिहा भएकाहरूमा अजोभस्टल र मारिउपोलका रक्षकहरू छन्, जो चेर्नोबिल आणविक ऊर्जा केन्द्र र स्नेक आइल्याण्डमा कार्यरत रहेका थिए।’

 मे २०२२ मा  रूसले दक्षिण पूर्वी युक्रेनी बन्दरगाह सहर मारिउपोललाई जित्नको लागि एक महिना लामो लडाई पछि विजयको घोषणा गरेको थियो। सो शहरको अजोभस्टल स्टिल प्लान्टको रक्षा गर्ने लडाकुहरूले आत्मसमर्पण गरेका थिए। रुसी सेनाले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमणको सुरुमा देशको उत्तर पश्चिममा चेरनोबिल कब्जा गरेका थिए तर अहिले सहमति पछि प्लान्टको नियन्त्रण ती युक्रेनी कर्मचारीहरूलाई फिर्ता दिएका छन्।

यसै गरी, सन् २०२२ मा स्नेक आइल्याण्ड पनि कब्जामा लिएको थियो र युक्रेनी सिपाहीहरूलाई बन्दी बनाइएको थियो । तर तिनलाई पनि रूसी बन्दीहरूलाई साटासाट गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। जेलेन्स्कीले सोमबार रिहा भएका दर्जनौँ सैनिक, सार्जेन्ट, सीमा गार्ड र अफिसरमध्ये मारियुपोलमा पक्राउ परेका दुई नागरिक रहेको जानकारी दिएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register