अपडेट: १७७ को ज्यान लैजाने दक्षिण कोरियाली विमान चरासँग ठोक्किएको अनुमान

सियोल ।  दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा १७७ जनाको मृत्यु भएको छ । दुई जना बाँचेकालाई विमानको भग्नावशेषबाट निकालेर अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी रहेको कोरियाको आपत्तकालिन बिभागले जनाएको छ । जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० उडानमा ६ विमान कर्मचारीसहित १८१ जना सवार थिए र थाइल्याण्डको बैंककबाट मुआन […]

Dec 29, 2024 - 11:38
 0
अपडेट: १७७ को ज्यान लैजाने दक्षिण कोरियाली विमान चरासँग ठोक्किएको अनुमान

सियोल । 

दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा १७७ जनाको मृत्यु भएको छ । 
दुई जना बाँचेकालाई विमानको भग्नावशेषबाट निकालेर अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी रहेको कोरियाको आपत्तकालिन बिभागले जनाएको छ ।

जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० उडानमा ६ विमान कर्मचारीसहित १८१ जना सवार थिए र थाइल्याण्डको बैंककबाट मुआन विमानस्थलमा आइपुगेको थियो। त्यही बेला विमान अनियन्त्रित भएर पर्खालमा ठोक्किन पुगेको थियो । 

 
उद्दार अधिकारीहरूका अनुसार भग्नावशेषमा शबहरू खोजी जारी राख्दा पीडितका परिवारहरू विमानस्थलमा भेला भएका छन् । 

अनलाइन फुटेजमा विमान रनवेबाट बाहिर निस्केको र भित्तामा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसमा एक्कासि आगो लागेको थियो ।

 विमान कसरी दुर्घटना भयो भन्ने कुनै कारण पुष्टि भएको छैन, तर फायर सर्भिसले भने चराहरूसँगको टक्कर र खराब मौसमका कारण विमान रन वेवाट चिप्लिएको हुन सक्ने आंकलन गरेका छन् ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register