स्याङ्जाका चन्द्र गुरुङलाई गुरुङ पोसाक फोटो प्रतियोगिताको उपाधि  

धादिङ।  नेपालका गुरुङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट-२०८१’ को टाइटल स्याङ्जाका चन्द्र गुरुङले जितेका छन् । देश विदेशबाट प्रतियोगितामा सहभागी तीन सय ४२ वटा फोटोहरुलाई पछि पार्दै चन्द्र गुरुङको फोटोले टाइटल जितेको हो ।  प्रतियोगीतामा चितवनकी अंकिता गुरुङ फस्ट रनअर रप, लमजुङका अनिल गुरुङ सेकेन्ड रनअर रप र धादिङकी प्रतिभा गुरुङको […]

Dec 31, 2024 - 06:37
 0
स्याङ्जाका चन्द्र गुरुङलाई गुरुङ पोसाक फोटो प्रतियोगिताको उपाधि  

धादिङ। 

नेपालका गुरुङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट-२०८१’ को टाइटल स्याङ्जाका चन्द्र गुरुङले जितेका छन् । देश विदेशबाट प्रतियोगितामा सहभागी तीन सय ४२ वटा फोटोहरुलाई पछि पार्दै चन्द्र गुरुङको फोटोले टाइटल जितेको हो ।

 प्रतियोगीतामा चितवनकी अंकिता गुरुङ फस्ट रनअर रप, लमजुङका अनिल गुरुङ सेकेन्ड रनअर रप र धादिङकी प्रतिभा गुरुङको फोटोले थर्ड रनअरको उपाधि पाएको छ । 

सामाजिक संजाल फेसबुकमा आएका लाईक, कमेन्ट, सेयर र बान्की पुरा गरेर गुरुङ पोसाक लगाएको आधारमा विजेता घोषणा गरिएको आयोजक संस्था नेपाल तमू ‘गुरुङ’ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेखबहादुर गुरुङले जानकारी दिए । 

‘गुरुङ समुदायको कला, संस्कृति र भेषभूषा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देश विदेशमा गुरुङ भेषभुषाको प्रचार भएको र त्यसले सिङ्गो देशकै पहिचान बढाएको महसुस गरेका छौं’, संयोजक गुरुङले भने-‘ यसले बालबालिका र युवाहरूलाई आफ्नो भेषभुषा सिक्न प्रेरित गरेको छ ।’ 

डिजिटल प्लेटफर्मको प्रयोग गरी सामाजिक संजाल मार्फत आयोजना गरिएको फोटो प्रतियोगिताले नेपालका विभिन्न जातजातिहरुसंग भावनात्मक, सांस्कृतिक, तथा सामाजिक चेतना जगाउन सहयोग पुग्ने तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद धादिङका पूर्वअध्यक्ष गोपाल गुरुङले बताए । 

तमु ल्होसारको अवसर पारेर प्रतियोगितामा उत्कृष्ट छनोट भएका फोटोलाई नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको छ । प्रतियोगीताको उत्कृष्ट १० मा परेका फोटोहरुलाई पनि गुरुङ पोषाकसहित प्रमाणपत्र र उपहार प्रदान गरिएको छ । कार्यक्रमकै अवसरमा फोटो कन्टेस्ट सफल पार्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । 

सिमित स्रोत साधान प्रयोग गरी  गुरुङ पोषाकको संरक्षण सम्वर्द्वन र प्रर्वद्धनमा उल्लेखनीय टेवा पुगेको नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका केन्द्रीय अध्यक्ष पवन गुरुङले बताए । सामाजिक संजालको भड्किलो प्रयोग बढ्दै जाँदा सामाजिक संजालको सहि सदुपयोग गरी सकारात्मक सन्देश दिन पनि यस्ता प्रतियोगिताले सहयोग गर्ने कार्यक्रमका अतिथिहरुले बताएका थिए । 

‘कला संस्कृति भेषभुषा गुरुङ जातीको पहिचान, यसको संरक्षण र संर्वद्धन हाम्रो अभियान’ भन्ने नारा सहित तीन महिना फोटो पोस्ट गर्ने समय तोकिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register