६ स्थानमा राजमार्ग पूर्णरूपमा अवरुद्ध, पाँच सडक एकतर्फी सञ्चालन

काठमाडौं । वर्षापछि आएको बाढी र पहिरोको कारणले देशका विभिन्न सडक अवरुद्ध छन् । नेपाल प्रहरीकाअनुसार अहिले ६ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ । बाढीपहिरोले संखुवासभास्थित कोशी राजमार्ग अवरुद्ध छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आएर ‘डाइभर्सन’ बगाउँदा […]

Jul 21, 2025 - 05:50
 0
६ स्थानमा राजमार्ग पूर्णरूपमा अवरुद्ध, पाँच सडक एकतर्फी सञ्चालन

काठमाडौं । वर्षापछि आएको बाढी र पहिरोको कारणले देशका विभिन्न सडक अवरुद्ध छन् । नेपाल प्रहरीकाअनुसार अहिले ६ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ ।

बाढीपहिरोले संखुवासभास्थित कोशी राजमार्ग अवरुद्ध छ ।

पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आएर ‘डाइभर्सन’ बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि काठमाडौं-नुवाकोट सडक, बागलुङको मध्पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडक तथा रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन् । अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register