११ किलो सुन तस्करी गरिरहेको अवस्थामा तीन जना पक्राउ

कोलम्बो । श्रीलंकाको नौसेनाले डुङ्गामा राखी देशबाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार तीन जनालाई पक्राउ गरेको छ । उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ । उक्त सुन र शङ्कास्पद व्यक्तिलाई कानूनी कारवाहीका लागि कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको नौसेनाले जनाएको छ । अवैध गतिविधिको निगरानी गर्न नौसेनाले टापु वरपरका तटीय र […]

Jan 4, 2025 - 16:02
 0
११ किलो सुन तस्करी गरिरहेको अवस्थामा तीन जना पक्राउ

कोलम्बो । श्रीलंकाको नौसेनाले डुङ्गामा राखी देशबाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार तीन जनालाई पक्राउ गरेको छ ।

उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ ।

उक्त सुन र शङ्कास्पद व्यक्तिलाई कानूनी कारवाहीका लागि कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको नौसेनाले जनाएको छ ।

अवैध गतिविधिको निगरानी गर्न नौसेनाले टापु वरपरका तटीय र समुद्री क्षेत्रमा नियमित खोजी अभियान र गस्ती गर्नेक्रममा तस्करी गर्न लागिएको उक्त सुन भेटिएको हो । सिन्ह्रा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register