विराट गोल्डकपमा नेपाल र भारतका गरी १० टोली सहभागी हुने

मोरङ । विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा आयोजना हुने भएको छ । विराट गोल्डकप ट्रस्टद्वारा सोमबार रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिता ‘फ्लडलाइट्स’को माध्यमबाट रात्रिकलीन समयमा हुने जानकारी दिइएको हो । प्रतियोगितामा नेपाल र भारतका १० वटा ‘ए’ डिभिजनका टिमको सहभागी हुने प्रतियोगिताका संयोजक नवीन […]

Feb 18, 2025 - 01:09
 0
विराट गोल्डकपमा नेपाल र भारतका गरी १० टोली सहभागी हुने

मोरङ । विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा आयोजना हुने भएको छ ।

विराट गोल्डकप ट्रस्टद्वारा सोमबार रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिता ‘फ्लडलाइट्स’को माध्यमबाट रात्रिकलीन समयमा हुने जानकारी दिइएको हो ।

प्रतियोगितामा नेपाल र भारतका १० वटा ‘ए’ डिभिजनका टिमको सहभागी हुने प्रतियोगिताका संयोजक नवीन रिजालले जानकारी दिए । उनका अनुसार नेपालको तर्फबाट एनआरटी, थ्रीस्टार, मछिन्द्र क्बल, चर्च ब्वाइज, विभागीय टोली नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र आयोजक मोरङ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेतालाई ११ लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार दिने जनाइएको छ । उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिए ।

उनका अनुसार सर्वोकृष्ट हुने खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register