भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि…

काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ गरिएको छ । उडे लगत्तै उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । विमानस्थल स्रोतकाअनुसार बिहान १०:३८ मा काठमाडौंबाट उडेको थियो । आधा बाटोमा पुगिसकेको विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि ११:१५ बजे त्रिभुवन विमानस्थलमा ‘डाइभर्ट’ […]

Jan 6, 2025 - 06:47
 0
भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि…

काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ गरिएको छ ।

उडे लगत्तै उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।

विमानस्थल स्रोतकाअनुसार बिहान १०:३८ मा काठमाडौंबाट उडेको थियो । आधा बाटोमा पुगिसकेको विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि ११:१५ बजे त्रिभुवन विमानस्थलमा ‘डाइभर्ट’ गरिएको हो ।

सोहीकारण केहीबेर आन्तरिक तथा बाह्य विमानहरुलाई होल्ड गराउनु परेको थियो ।

केही समय समस्या भएपनि यात्रुलाई अब अर्को विमानमार्फत सुरक्षित रुपमा भद्रपुर पठाउने तयारी गरिएको विमानस्थल स्रोतले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register