एआई प्रविधि युक्त १२ केजी क्षमताको नयाँ सामसङ वाशिङ मसिन नेपाली बजारमा
काठमाडौं । सामसङले नेपालमा ठुलो क्षमताका दुई नयाँ बिस्पोक एआई वाशिङ मसिन सार्वजनिक गरेको छ । सामसङ नेपालले १२ केजीसम्मको क्षमता र एआई–वाश जस्ता फिचर भएको वाशिङ मसिन बजारमा ल्याएको हो । यसमा ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू समेत रहेको कम्पनीले जनाएको छ । स्मार्ट थिङ्स एपको सहयोगमा स्मार्टफोनबाटै नियन्त्रण गर्न सकिने सामसङको यो नयाँ वाशिङ मसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ । यसका साथै धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउँ...

What's Your Reaction?






