धर्मश्री शारीरिक सुगठन चैतमा, ६ वटा तौल समूहमा प्रतिस्पर्धा

काठमाडौं । नेपाल व्यायाम मन्दिरको आयोजनामा १७औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आगामी चैतमा हुनेभएको छ । धर्मश्रीसँगै अन्य तीन विधामा आगामी चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा प्रतियोगिता हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चैतको ७ गते वेइङ, ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक व्यायाम […]

Jan 7, 2025 - 00:59
 0
धर्मश्री शारीरिक सुगठन चैतमा, ६ वटा तौल समूहमा प्रतिस्पर्धा

काठमाडौं । नेपाल व्यायाम मन्दिरको आयोजनामा १७औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आगामी चैतमा हुनेभएको छ ।

धर्मश्रीसँगै अन्य तीन विधामा आगामी चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा प्रतियोगिता हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चैतको ७ गते वेइङ, ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए ।

प्रतियोगिताको मुख्य विधा अर्थात पुरुष बडिबिल्डिङको रूपमा रहेको धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कूल ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यसपछि हरेक तौल समूहका विजेताबीच ‘मिस्टर धर्मश्री’ का लागि प्रतिस्पर्धा गराइनेछ । धर्मश्रीसँगै पुरुष एथ्लेटिक फिजिक ओभर र मेन्स एथ्लेटिक्स फिजिक अन्डर, वुमन्स बडिलिब्डिङ र ५० वर्षभन्दा माथिका खुला मास्टर विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगतिमा करिब ६ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यो संस्करणमा पुरस्कार राशिमा वृद्धि गरिएको छ । ओभरअल धर्मश्री विजेताले  १२ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गत संस्करणभन्दा यो दुई लाखले बढी हो । यस्तै उपविजेताले ६ लाख तथा तेस्रोले तीन लाख रुपैयाँ पाउनेछन् । चौथोले दुई लाख, पाँचौँले एक लाख ८० हजार तथा छैटौँले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी प्रत्येक तौल समूहका उपविजेताले ५० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछन् भने चौथोले ३० हजार, पाँचौँले २० हजार र छैटौँले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वुमन्स बडिबिल्डिङका विजेताले समान दुई लाख र उपविजेताले समान एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रोले ७० हजार, चौथोले ५० हजार पाँचौँले रु ४० हजार र छैटौँले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पचास वर्षभन्दा माथिका खुला मास्टर विजेताले एक लाख प्राप्त गर्नेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौँले १५ हजार र छैटौँले १० हजार रुपैयाँ हात पार्नेछन् । यसपटक सबै विधाको शीर्ष ६ सम्मका खेलाडीलाई नगद पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएको छ । १६औँ संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए ।

मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख पीएल सिंहको नाममा पीएल सिंह मेन्स फिजिक प्रतियोगिता नामकरण गरिएको छ । १७औँ धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register