नयाँ गठबन्धन बनेपछि जनतामा आशा जागेको एमालेको ठहर, ओली भन्छन् – महान् काम गरिरहेको छु
काठमाडौं । नेकपा एमालेले अहिलेको गठबन्धन सरकार बनेपछि जनतामा आशा जागेको निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कमिटी बैठकले काङ्ग्रेससँगको गठबन्धन सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको निष्कर्ष निकाल्दै यसले जनतामा उत्साह जगाएको ठहर गरेको हो । बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नयाँ सरकार बनेपछि धेरै उपलब्धि प्राप्त भएको बताए । उनले बेरोजगारी, भ्रष्टाचार […]

काठमाडौं । नेकपा एमालेले अहिलेको गठबन्धन सरकार बनेपछि जनतामा आशा जागेको निष्कर्ष निकालेको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले काङ्ग्रेससँगको गठबन्धन सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको निष्कर्ष निकाल्दै यसले जनतामा उत्साह जगाएको ठहर गरेको हो ।
बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नयाँ सरकार बनेपछि धेरै उपलब्धि प्राप्त भएको बताए । उनले बेरोजगारी, भ्रष्टाचार लगायतका समस्याविरुद्ध सक्रियतापूर्वक लाग्न बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए ।
बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष केपी शर्मा ओलीले अहिले एमालेमाथि चौतर्फीरूपमा प्रहार भइरहेको बताएका थिए । उनले जति नै प्रहार भएपनि दृढताका साथ दह्रो भएर उभिने समेत बताए ।
एमालेले देशमा महान् काम गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको रिस डाह गर्नेहरूले अनेक लाञ्छना लगाएर कमजोर बनाउने प्रयास गरिरहेको दाबी समेत गरे ।
यस्ता प्रयासविरुद्ध एक ढिक्का भएर लड्न उनले पार्टीका नेताकार्यकर्तालाई आव्हान पनि गरे ।
अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदन पारित गर्दै एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ ।
What's Your Reaction?






