लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्छ : डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २७ औं वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै भट्टराईले लोकतन्त्रको विकल्पमा निरङ्कुशतावादी शक्ति र राजतन्त्रवादी शक्तिहरु आउन नसक्ने भएपनि लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका हुन् । संविधान जारी हुँदाको बेलामा […]

Mar 30, 2025 - 14:22
 0
लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्छ :  डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २७ औं वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै भट्टराईले लोकतन्त्रको विकल्पमा निरङ्कुशतावादी शक्ति र राजतन्त्रवादी शक्तिहरु आउन नसक्ने भएपनि लोकतन्त्रको विरुद्धमा भइरहेको गतिविधिबारे सजग हुनुपर्ने बताएका हुन् ।

संविधान जारी हुँदाको बेलामा आफूले थुप्रै विमति राखेको बताउँदै उनले अब यसलाई संशोधन गरेर जानुपर्ने बताए ।

भट्टराईले अबको विकल्प जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति, मुख्यमन्त्री र सङ्घ र प्रदेशमा पूर्ण समानुपातिक संसदीय व्यवस्था हुनुपर्ने बताए ।

नदीको प्रवाह कहिले पनि पछाडि नफर्किएजस्तै एक पटक विधिवत रुपमा विदा भइसकेको राजतन्त्र पुनर्स्थापना हुन नसक्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register