नेपाल लाइफ क्यापिटलको साधारण सभा : सञ्चालक समितिको अध्यक्षमा लामिछाने

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित र आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद […]

Jan 7, 2025 - 11:08
 0
नेपाल लाइफ क्यापिटलको साधारण सभा : सञ्चालक समितिको अध्यक्षमा लामिछाने

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित र आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register