मितेरी सहकारी ठगी प्रकरणमा धनराजसँग सीआईबीले लियो दोस्रो पटक बयान

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगी प्रकरणमा दोस्रो पटक बयान गराएको छ । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर करिब ५ घण्टा बयान लिइएको हो । यसअघि उनलाई सोही प्रकरणमा कार्तिक २८ मा सोधपुछ गरिएको थियो । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलनमा सहकारीका सञ्चालक ज्योति […]

Jan 7, 2025 - 13:41
 0
मितेरी सहकारी ठगी प्रकरणमा धनराजसँग सीआईबीले लियो दोस्रो पटक बयान

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगी प्रकरणमा दोस्रो पटक बयान गराएको छ ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर करिब ५ घण्टा बयान लिइएको हो । यसअघि उनलाई सोही प्रकरणमा कार्तिक २८ मा सोधपुछ गरिएको थियो ।

मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलनमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ । ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् ।

प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको अनियमिततामा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ ।

बयानका क्रममा गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको र मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register