बुधबार ६.३८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.३८ अंकले बढेर २६५३.३८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ५ कम्पनीको एक करोड ५५ लाख २ हजार ७ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । […]

Jan 8, 2025 - 09:42
 0
बुधबार ६.३८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.३८ अंकले बढेर २६५३.३८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ५ कम्पनीको एक करोड ५५ लाख २ हजार ७ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार न्यादि हाइड्रोपावरको भएको छ । यस कम्पनीको २२ करोड ५३ लाख  ४९ हजार ५ सय ९७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register