सिटिजन्स बैंकमा ग्राहकको साढे तीन करोड चोरी, पक्राउ परेका ९ जनालाई धरौटीमा छोड्न आदेश, १५ जना अझै फरार

काठमाडौँ । सिटिजन्स बैंकबाट ग्राहकको साढे तीन करोड चोरीको आरोप लागेका ९ जनालाई धरौटीमा छोड्न अदालते आदेश दिएको छ । एफवान सफ्टको सिस्टम ह्याक गरेर बैंकको खाताबाट साढे तीन करोड रुपैयाँ चोरीको आरोपमा पक्राउ परेका ९ जना युवालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको हो ।  अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई धरौटीमा छोड्न […]

Jan 8, 2025 - 12:24
 0
सिटिजन्स बैंकमा ग्राहकको साढे तीन करोड चोरी, पक्राउ परेका ९ जनालाई धरौटीमा छोड्न आदेश, १५ जना अझै फरार

काठमाडौँ । सिटिजन्स बैंकबाट ग्राहकको साढे तीन करोड चोरीको आरोप लागेका ९ जनालाई धरौटीमा छोड्न अदालते आदेश दिएको छ । एफवान सफ्टको सिस्टम ह्याक गरेर बैंकको खाताबाट साढे तीन करोड रुपैयाँ चोरीको आरोपमा पक्राउ परेका ९ जना युवालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको हो । 

अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका सिरहाको गोलबजार नगरपालिका-१० का २० वर्षीय राहुल ठाकुर र सोही ठाउँका १९ वर्षीय पुरुषोत्तम साहलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको हो । 

त्यस्तै, उदयपुरको बेलका नगरपालिका-५ का २७ वर्षीय दीपक थापा मगरलाई ५० हजार, सोही नगरपालिका-४ का २० वर्षीय कमल थापा मगरलाई २ लाख, सप्तरीका २१ वर्षीय कृष्ण रमण राउत, ३० वर्षीय सञ्जिवकुमार शर्मा, सुनसरीका २४ वर्षीय सन्देश राई, सुनसरीकै २२ वर्षीय सागर कुमार साह र ललितपुरकी ४० वर्षीया त्रिगुण रत्न बज्राचार्यलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको हो । 

उनीहरुलाई प्रहरीले एफ्वान सफ्टको खाता ह्याक गरेर बैंकको खाताबाट तीन करोड ५१ लाख ५० हजार ३ सय ७० रुपैयाँ चोरीको आरोपमा पक्राउ गरेको थियो । उक्त प्रकरणमा प्रतिवादी बनाइएका अन्य १५ जना भने फरार छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register