आइतबार १९.५६ अंकले बढ्यो नेप्से, ९ अर्ब ४७ करोडमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ९ कम्पनीको दुई करोड ९ लाख ८४ हजार ४ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Feb 16, 2025 - 09:30
 0
आइतबार १९.५६ अंकले बढ्यो नेप्से, ९ अर्ब ४७ करोडमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ९ कम्पनीको दुई करोड ९ लाख ८४ हजार ४ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीक भएको छ । यस कम्पनीको ३३ करोड ५४ लाख ७५ हजार १ सय २९ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

आइतबारको बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आजको बजारमा विन नेपाल लघुवित्तसहित चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, न्यादी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register