सूर्यदर्शन सहकारी ठगी मुद्दामा थुनछेक बहस सकियो, कहिले आउला आदेश ?

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो । सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले बहस गरेका थिए । थुनछेक बहस सकिएको र आजै आदेश आउने सम्भावना रहेको अदालतका श्रेष्तेदार राजन खनालले […]

Jan 9, 2025 - 07:45
 0
सूर्यदर्शन सहकारी ठगी मुद्दामा थुनछेक बहस सकियो, कहिले आउला आदेश ?

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।

सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले बहस गरेका थिए ।

थुनछेक बहस सकिएको र आजै आदेश आउने सम्भावना रहेको अदालतका श्रेष्तेदार राजन खनालले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

आदेश आउनेसक्ने सम्भावनाबीच पोखराका शहीदचोक र जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पार्दै बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register