धरानको सामुदायिक वनभित्र महिलाको शव फेला

धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार सोमबार दिउँसो अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको उनले बताए । इलाका प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यलय, कोशी प्रदेश प्रहरी कार्यलय […]

Apr 8, 2025 - 04:21
 0
धरानको सामुदायिक वनभित्र महिलाको शव फेला

धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार सोमबार दिउँसो अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको उनले बताए ।

इलाका प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यलय, कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरको टोलीले तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ । शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register