८४ दिनपछि रिहा भए रवि लामिछाने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ८४ दिनपछि हिरासतबाट मुक्त भएका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि धरौटी बुझाएर उनी रिहा भएका हुन्। यसअघि रविवरुद्ध काठमाडौंमा पनि छुट्टै मुद्धा दर्ता भएकाले कास्कीबाट छुटेलगत्तै पुनः […]


फाइल तस्विर
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ८४ दिनपछि हिरासतबाट मुक्त भएका छन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि धरौटी बुझाएर उनी रिहा भएका हुन्।
यसअघि रविवरुद्ध काठमाडौंमा पनि छुट्टै मुद्धा दर्ता भएकाले कास्कीबाट छुटेलगत्तै पुनः पक्राउ गरेर काठमाडौं ल्याइने ठानिएको थियो । तर उनलाई काठमाडौं अदालतमा आफै उपस्थित हुन दिने गरी प्रहरीले पुनः पक्राउ नगरेको हो ।
लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको थियो ।
यो पनि पढौं: रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
What's Your Reaction?






