बेलायत पठाउने भन्दै लाखौंको ठगी गर्ने युवा पक्राउ
काठमाडौँ । बेलायत पठाएर आकर्षक तलब दिलाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् । दाहालले प्रति व्यक्ति ३१ लाख ५० हजार रुपैयाँ पैसा लिएर वेपात्ता भएका थिए । पीडितले दिएको जाहेरीको आधारमा […]

काठमाडौँ । बेलायत पठाएर आकर्षक तलब दिलाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् ।
दाहालले प्रति व्यक्ति ३१ लाख ५० हजार रुपैयाँ पैसा लिएर वेपात्ता भएका थिए । पीडितले दिएको जाहेरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाहाललाई बुधबार पक्राउ गर्न सफल भएको थियो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
What's Your Reaction?






