लिङ्देनपछि कमल थापाले भेटे प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भेट भएको हो । भेटमा समसामयिक परिस्थितिका बारेमा विचार विमर्श भएको बताइएको छ । प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएको थापा बताउँछन् । थापाले भने, ‘आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा […]

Jan 10, 2025 - 07:42
 0
लिङ्देनपछि कमल थापाले भेटे प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान भेट भएको हो । भेटमा समसामयिक परिस्थितिका बारेमा विचार विमर्श भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएको थापा बताउँछन् ।

थापाले भने, ‘आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रम ओलीले संसद्‌मा रहेका कतिपय दलहरुले संशोधन गर्न नदिने वताईरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने आफ्नो धारणा रहेको बताउनुभयो।’

भेटमा थापाले देश अहिले गम्भीर सङ्कटबाट गुज्रिरहेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यसअघि बिहीबार साँझ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई भेटेका थिए ।

‘पृथ्वी जयन्ती’को निम्तो दिन लिङ्देन पुगे बालुवाटार, ओलीसँग लामो कुराकानी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register