१२ हजार बढी नेपालीको ज्यान लिएको कोभिडले फेरि झस्कायो

काठमाडौं । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्युबाट शुरू भएको नेपालमा कोभिडको मृत्युको शृंखलाले विगत पाँच वर्षको अन्तरालमा १२ हजारभन्दा बढी नेपालीको ज्यान लिइसकेको छ । अहिले २५ महिनापछि कोभिडबाट एक ३९ वर्षीया महिलाको ज्यान गएपछि महामारीले फेरि झस्काएको छ । गत मंगलवार विराटनगरको नोबेल अस्पतालमा ती महिलाको मृत्यु भएको पुष्टि भएपछि पुनः सतर्कता आवश्यक भएको […]

Jun 26, 2025 - 02:22
 0
१२ हजार बढी नेपालीको ज्यान लिएको कोभिडले फेरि झस्कायो

काठमाडौं ।

सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्युबाट शुरू भएको नेपालमा कोभिडको मृत्युको शृंखलाले विगत पाँच वर्षको अन्तरालमा १२ हजारभन्दा बढी नेपालीको ज्यान लिइसकेको छ । अहिले २५ महिनापछि कोभिडबाट एक ३९ वर्षीया महिलाको ज्यान गएपछि महामारीले फेरि झस्काएको छ । गत मंगलवार विराटनगरको नोबेल अस्पतालमा ती महिलाको मृत्यु भएको पुष्टि भएपछि पुनः सतर्कता आवश्यक भएको विज्ञहरूले बताएका छन् ।

२०७६ माघ ९ गते वुहानबाट फर्किएका एक नेपाली विद्यार्थीमा पहिलो संक्रमण देखिएको थियो । त्यसपछि लकडाउन, बजार बन्द, शिक्षालय बन्द हुँदै देश पूर्ण रूपमा ठप्प भएको भयावह समय नेपाली जनताले भोगेका थिए ।नेपालमा कोभिड १९ बाट पहिलोपटक सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको २०७७ साल जेठ १४ गते मृत्यु पुष्टि भयो । उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएपछि डिस्चार्ज भई घर फर्केकी थिइन् ।

केही दिनपछि जटिल बिरामी भई उनलाई बाह्रबिसेका विभिन्न अस्पताल हुँदै धुलिखेल अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा धुलिखेल अस्पतालमा मृत्यु भयो । परीक्षणमा कोभिड पुष्टि भएपछि यो नेपालकै पहिलो कोभिड मृत्यु पुष्टि गरियो ती सुत्केरी आमाको । नेपाली सेनाले सुरक्षात्मक मापदण्डमा शव अन्त्येष्टि ग¥यो तर त्यो अन्त्य थिएन, त्यो त सुरुवातमात्र थियो ।

भारतबाट आएको डेल्टा भेरियन्टले देशमा अक्सिजनको हाहाकार, अस्पतालमा बेडको अभाव र स्वास्थ्य प्रणालीको धज्जी उडायो । हजारौँले आँखा अगाडि आफन्त गुमाए । अस्पताल पुगे पनि बेड थिएन, अक्सिजन थिएन । सरकारले युद्धस्तरमा अस्पताल थप्ने प्रयास गरे पनि प्रभावकारी भएन । अर्कोतिर जनता आफ्नै प्रयासमा बाँच्ने संघर्षमा थिए । त्यो भयावह काललाई बिर्सिन मिल्दैन ।

२०७८ सालको वैशाखदेखि नेपालमा दोस्रो लहर शुरू भयो । भारतबाट आएको सो डेल्टा भेरियन्टले संक्रमण र मृत्युको दर अत्यन्तै बढायो । हजारौं मानिसले उपचार नपाएर ज्यान गुमाए । सुरक्षात्मक सामग्री, अक्सिजन सिलिन्डर र औषधिका लागि भारत, चीन, अमेरिकालगायत देशबाट सहायता ल्याइयो ।

तर, अब फेरि त्यही खतरा सतहमा छ । विराटनगरको नोबेल अस्पतालमा एक महिलाको मृत्यु भएपछि सो घटनाले गम्भीर सन्देश दिएको छ– ‘कोभिड सकिएको छैन, हामीमात्रै लापरबाह भयौँ ।’ परीक्षण नगर्ने प्रवृत्ति, खोपको प्रभाव घट्दै जानु, सतर्कता हराउनु र अरू रोगसँग मिलेर कोभिडले फेरि जटिलता ल्याउने खतरा बढेको स्वास्थ्यविद्हरूले बताउन थालेका छन् । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हाल देखिएको कोभिड संक्रमण ओमिक्रोन भेरियन्टको नयाँ संस्करण हो । ‘कोभिड अहिले पनि जोखिममुक्त छैन । विशेषतः वृद्ध, दीर्घरोगी वा कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूमा अझै पनि जोखिम रहन्छ’ –डा. पुनले भन्नुभयो ।

कोभिडले उच्च परू लिइरहेकै अवस्थामा त्यतिखेर सरकारले फ्रन्टलाइन स्वास्थ्यकर्मी र सञ्चारकर्मीबाट खोप अभियान शुरू ग¥यो । भारतबाट कोभिसिल्ड, चीनबाट सिनोफार्म, अमेरिका÷विश्व स्वास्थ्य संगठनबाट फाइजर र मोडेर्ना खोप प्राप्त भयो । पछि सबै उमेर समूहका आम नागरिकलाई खोप दिइयो । २०७८ भदौदेखि संक्रमणदर घट्न थाल्यो र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्कियो ।

तेस्रो लहरमा ओमिक्रोन भेरियन्ट २०७८ को अन्त्यतिर र २०७९ को सुरुवातमा देखा प¥यो । यसको संक्रमणदर उच्च भए पनि लक्षण सामान्य देखिएको थियो । यस लहरमा अस्पतालहरूको चाप कम देखियो, मुख्यतः खोप प्रभाव र पूर्वसंक्रमणले प्रतिरोधात्मक क्षमता बनायो । यो अवधिमा नेपालमा कोभिडबाट थुप्रै विशिष्ट व्यक्तिहरूको निधन भयो । मृत्यु हुनेमा मोहनराज मल्ल– सुदूरपश्चिम प्रदेशका पूर्वगभर्नर, उज्वल थापा– विवेकशील साझा पार्टीका संस्थापक, दिनेशचन्द्र यादव– संविधानसभा सदस्य, इन्जिनियर अली अख्तर मिकरानी– प्रधानमन्त्रीका सल्लाहकारलगायत रहेका थिए ।

२०८२ साल असार १० गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ३९ वर्षीया महिलाको कोभिडका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनलाई उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएपछि परीक्षणमा कोभिड पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ का कारण नेपालमा कुल १२ हजार ३१ जनाको मृत्यु भएको थियो । १० लाख नेपालीमा कोभिड पुष्टि भएको थियो । मृत्यु हुनेमा झण्डै ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेका थिए । तर, संक्रमित संख्या महिला पुरुषको दाँजोमा कम थिए र मृत्यु धेरै भएको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख गरिएको छ ।

तेस्रो लहरको कोभिड संक्रमणका बेला सरकारले उपकरण, औषधि, अक्सिजन समयमा उपलब्ध गराउन नसकेका कारण पनि धेरैको ज्यान गयो । यतिमात्र नभई औषधि खरिदमा भएको नेताहरूको मनोमानी मृत्युको अर्को कारण भएको टीकाटिप्पणी रहेको थियो । यसले सरकारका जिम्मेवार निकायमा रहेका उच्च पदस्त व्यक्तिहरूसमेत अख्तियारको नजरमा परेका थिए ।
नेपालमा कोभिड–१९ को संक्रमणको सुरुवातदेखि हालसम्म, सरकारले धेरै अनुभवहरू हासिल गरेको छ । स्वास्थ्य संरचना सुधार, आकस्मिक प्रतिक्रिया क्षमता र जनचेतनामा प्रगति भएको छ । यद्यपि, नयाँ भेरियन्ट देखा पर्न सक्ने सम्भावना र जोखिम अझै बाँकी छन् । स्वास्थ्य विज्ञहरू भन्छन्– ‘कोभिड गइसकेको छैन, केवल व्यवस्थापन योग्य बनेको हो । सतर्कता कहिल्यै बिर्सनु हुँदैन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register