नर्वेमा विद्युतीय गाडीको दबदबा, बिक्री हुने १० मध्ये ९ ईभी
काठमाडौं । नर्वेको अटोमोबाइल बजारमा विद्युतीय गाडीको दबदबा देखिएको छ । हालै सार्वजनिक सरकारी तथ्याङ्क अनुसार त्यहाँ सन् २०२४ मा कुल बिक्री भएका गाडीमध्ये लगभग ९० प्रतिशत ईभी रहेका छन् । यसबाट सन् २०२५ को अन्त्यसम्म त्यहाँ करिब शतप्रतिशत विद्युतीय कार मात्र बिक्री हुने प्रक्षेपण देखाएको छ । नर्वेका सबै ठूला राजनीतिक दलहरूले समान नीति अपनाउँदा यो देश विद्युतीय सवारी प्रयोग गर्नमा सफल भएको छ । त्यहाँ पेट्रोल र डिजेल गाडीहरूमा धेरै कर लगाइको छ भने विद्युतीय गाडीलाई प्रोत्साहित गरिएको छ । &...

What's Your Reaction?






