कर्णालीपछि नारायणी डेभलपमेन्ट बैंकलाई टेक ओभर गर्ने विषयमा राष्ट्र बैंकमा छलफल, ‘स्थिति दर्दनाक छ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा नारायणी डेभलपमेन्ट बैंकलाई ‘टेक ओभर’ गर्ने बारेमा छलफल भएको छ । कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन टेक ओभर गरेपछि अन्य बैंक तथा वित्तीय संस्थामा निगरानी बढाएको राष्ट्र बैंकमा कर्णालीपछि नारायणी डेभलपमेन्ट बैंकलाई टेक ओभर गर्नेबारेमा छलफल भएको हो । झनझन् जर्जर बन्दै गएको नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्थाबारे […]

Jan 12, 2025 - 03:27
 0
कर्णालीपछि नारायणी डेभलपमेन्ट बैंकलाई टेक ओभर गर्ने विषयमा राष्ट्र बैंकमा छलफल, ‘स्थिति दर्दनाक छ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा नारायणी डेभलपमेन्ट बैंकलाई ‘टेक ओभर’ गर्ने बारेमा छलफल भएको छ । कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन टेक ओभर गरेपछि अन्य बैंक तथा वित्तीय संस्थामा निगरानी बढाएको राष्ट्र बैंकमा कर्णालीपछि नारायणी डेभलपमेन्ट बैंकलाई टेक ओभर गर्नेबारेमा छलफल भएको हो ।

झनझन् जर्जर बन्दै गएको नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्थाबारे अध्ययन गरिरहेको राष्ट्र बैंकले टेक ओभर गर्ने भन्ने विषयमा छलफल अघि बढाएको राष्ट्र बैंक स्रोतको दाबी छ । 

स्रोतका अनुसार बैंकमा राष्ट्र बैंकले गरेको इन्स्पेक्सनका क्रममा वित्तीय सुशासन साह्रै कमजोर रहेको नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था पनि साह्रै दयनीय देखिएको छ । ‘इन्स्पेक्सनका क्रममा बैंकको वित्तीय अवस्था दर्दनाक छ । अझै थप अध्ययन र विश्लेषण गर्ने काम भइरहेको छ ।’, राष्ट्र बैंक स्रोतले भन्यो, ‘राष्ट्र बैंकमा बैंकलाई टेक ओभर गर्ने विषयमा छलफल सुरु भएको छ । यद्यपि टुँगो भने लागिसकेको छैन ।’  

कर्णालीलाई समस्याग्रस्त घोषणा गरेपछि वित्तीय अवस्था बिग्रिँदै गएको र संस्थागत सुशासनमा समस्या देखिएको निष्कर्षसहित राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकसहित ४ विकास बैंक र २ फाइनान्स कम्पनीको तरलता अवस्था विश्लेषण गर्न सुरु गरिसकेको छ । 

यसो त नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले यसअघि पनि समस्याग्रस्त घोषणा गरिसकेको थियो । जथाभावी गरिएको लगानी डुबेपछि राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । पछि बैंकमा नयाँ व्यवस्थापन आएपछि बैंकलाई समस्याग्रस्त बैंकको सूचीबाट हटाइएको थियो । 

त्यसयता पनि बैंकको वित्तीय अवस्था सुध्रिनुको साटो झन् बिग्रिँदै गएपछि राष्ट्र बैंकलाई बैंकलाई टेक ओभर गर्ने विषयमा छलफल सुरु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register