प्रभु बैंकको नाफामा उल्लेख्य बढोत्तरी, ईपिएस पनि बढ्यो

काठमाडौँ । प्रभु बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा ८५.४९ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७२ करोड ३ लाख रुपैयाँ खुद […]

Jan 20, 2025 - 02:24
 0
प्रभु बैंकको नाफामा उल्लेख्य बढोत्तरी, ईपिएस पनि बढ्यो

काठमाडौँ । प्रभु बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा ८५.४९ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत र सञ्चालन मुनाफा ४५.९५ प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खराब कर्जा भने ०.१६ प्रतिशत बिन्दुले बढेर ५.०६ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ । हाल चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको प्रभु बैंकको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने ३ अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register