यति एयरलाइन्सको लापरवाही र पाइलटको खेलबाडले ७२ जनाको निधन भएको दुई वर्ष पूरा…

काठमाडौँ । आजभन्दा ठिक दुई वर्षअघि (२०७९ माघ १ गते) नेपाली हवाई क्षेत्रले इतिहासकै भयानक विमान दुर्घटनाको सामना गर्नुपरेको थियो ।  माघ १ गते, माघे संक्रान्तिकै दिन काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चालक दलका ४ जना सदस्यसहित ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर ७२-५०० विमान सेतीको खोँचमा दुर्घटना भएको थियो ।  विमान […]

Jan 14, 2025 - 08:32
 0
यति एयरलाइन्सको लापरवाही र पाइलटको खेलबाडले ७२ जनाको निधन भएको दुई वर्ष पूरा…

काठमाडौँ । आजभन्दा ठिक दुई वर्षअघि (२०७९ माघ १ गते) नेपाली हवाई क्षेत्रले इतिहासकै भयानक विमान दुर्घटनाको सामना गर्नुपरेको थियो । 

माघ १ गते, माघे संक्रान्तिकै दिन काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चालक दलका ४ जना सदस्यसहित ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर ७२-५०० विमान सेतीको खोँचमा दुर्घटना भएको थियो । 

विमान दुर्घटनामा परी विमानमा सवार ६८ जना यात्रु र चालक दलका ४ जना सदस्यसहित ७२ जनाले ज्यान गुमाएका थिए । 

ज्यान गुमाउनेहरुमा ५३ जना नेपाली, ५ जना भारतीय नागरिक, ४ जना रसियन नागरिक, १ जना आयलल्याण्डका नागरिक, १ जना अष्ट्रेलियन, १ जना अर्जेन्टिनी, कोरियन २ जना र १ जना फ्रान्सेली नागरिक थिए । 

नेपाली इतिहासकै सबैभन्दा ठूलो र भयानक जहाज दुर्घटनाका रुपमा दर्ज भएको उक्त दुर्घटनाको आज (२०८१ माघ १ गते) दुई वर्ष पूरा भयो । तर, जबजब माघ १ अर्थात माघे संक्रान्ति आउँछ, तबतब नेपालीहरुले त्यही काहालीलाग्दो यतिको विमान दुर्घटना सम्झन्छन् । उक्त विमान दुर्घटनामा परेर देशका प्रतिष्ठित कलाकार, सञ्चारकर्मी, चिकित्सकसहित परिवारसँग माघी मनाउने सपना बुनेर घर फर्किँदै गरेकाहरुले सेतीको खोँचमै प्राण त्याग गरेका थिए । आज पनि मृतकका परिवार र सारा नेपालीहरुलाई माघे संक्रान्ति भन्ने बित्तिकै उक्त दर्दनाक घटनाले झस्काई हाल्छ ।

दुर्घटना भवितव्य हुन्छन् । तर, पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटना कम्पनीकै लापरवाही र पाइलटको खेलबाडले भएको भन्नै थुप्रै प्रमाण फेला परेका छन् । 

स्वयम् दुर्घटनाको जाँच गर्न बनेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले पनि दुर्घटनाको कारण एयरलाइन्स कम्पनीको लापरवाही र पाइलटको खेलवाड भएको तथ्यहरु सार्वजनिक गरेको छ । जुन प्रतिवेदन आयोगका संयोजक पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएका थिए । 

प्रतिवेदनमा पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा कन्सिडर लिभर तानेको देखिएको र जसले गर्दा जहाज फिदर कन्डिसनमा गएपछि अगाडिको मोसन जहाजले नपाएकोले दुर्घटना भएको उल्लेख छ ।  

दुर्घटनाको कारण जे होस्, आगामी दिनमा देशले यस्तो नियति कहिल्यै भोग्नु नपरोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register