माघे संक्रान्तिको महत्व

इन्द्रप्रसाद ओली  शास्त्र हराए संस्कार हराउछ ,संस्कार हराए संस्कृती हराउछ संस्कृती हराए पहिचान हराउछ , पहिचान हराए राष्ट्र हराउछ । नेपाली वि. स लाई आधार बनाएर तिथि मिति अनुसार करिव साना , मझौला ठुला वा स्थानिय , क्षेत्रीय र राष्ट्रीय रुपमा करिव ३५ वटा पर्व हरुलाइ विशेष रुपमा मनाइन्छ । नया वर्ष वैसाख १ देखि [...] The post माघे संक्रान्तिको महत्व appeared first on Jhapa Online.

Jan 14, 2025 - 13:12
 0
माघे संक्रान्तिको महत्व

इन्द्रप्रसाद ओली 

शास्त्र हराए संस्कार हराउछ ,संस्कार हराए संस्कृती हराउछ संस्कृती हराए पहिचान हराउछ , पहिचान हराए राष्ट्र हराउछ । नेपाली वि. स लाई आधार बनाएर तिथि मिति अनुसार करिव साना , मझौला ठुला वा स्थानिय , क्षेत्रीय र राष्ट्रीय रुपमा करिव ३५ वटा पर्व हरुलाइ विशेष रुपमा मनाइन्छ ।

नया वर्ष वैसाख १ देखि सुरु भै असार १५ , साउने सक्रान्ती जनै पुर्णिमा ,तिज , लोल्सार , सिरुवा , वडा दसै , तिहार उदौली उभौली आदि आदि त्यसै मध्ये एक माघे संक्रान्ती पनि हो । नेपाली मौलिक पर्व वा सांस्कृतिक पर्व हरु धार्मिक र वैज्ञानिक छन । नेपालीहरुले परम्परागत रुपमा मनाउंदै आइरहेको पर्व हरुले सहृदता , भाइचारा , धार्मिक सहिष्णुता , वैज्ञाानिकता सबै पक्ष लाई समेटेको पाइन्छ । यी चाडवाड ले परिवार लाई जोड्ने एकता तथा आफ्ना विचार लाई आदन प्रधान गर्ने थलो को रुपमा समेत लिइन्छ ।

मानसिक पीडा लाई दुर गर्ने मनोभवना जोड्ने एक कडिको रुपमा हाम्रा पर्वहरुको महत्व रहेको पाइन्छ । मानसिक तनाव ( डिप्रेसन ) लाई कम गर्ने मा पनि यी पर्वहरुको विशेष महत्व रहेछ । टाढा टाढा रहेका परिवारका सदस्य हरु यिनै पर्व हरुलाइ आधार बनाइ घर आउने जस्ता कार्य त झनै महत्व पुर्ण रहेको छ । तिनै पर्व मध्ये को एक हो माघे संक्रान्ति, । माघे संक्रान्ती विभिन्न नामले पुकार्ने गरेको पाइन्छ ।, उदारण :- मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि आदि हुन । जुन माघ महिनाको पहिलो दिन अथवा १ गते लाई लिइन्छ । उक्त दिन सरकारी रुपमा नै सार्वजनिक बिदा दिने चलन छ ।

माघे संक्रान्तिका दिन स्थानिय नदीनाला , धार्मी आस्था सग जोडिएका नदि नाला लाई विशेष प्राथमिकता दिइन्छ ।जस्तै कनजाइ माइ , त्रीवेणि कोशी कौशिका आदि मा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो भन्ने भनाइ रहेको छ । उक्त दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने हुन्छ । माघे सक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सेल रोटि तरुल, वन तरुल आफ्ना इष्ट देवतालाइ भोग लगाइ प्रसाद रुपमा खाने गरिन्छ । बिशेषतह: यस्ता फल फुल, खाद्य खाएमा शरीर पोषिलो हुनुका साथै विभिन्न रोगब्याधी निधान हुनेमा विस्वास छ । हाम्रा शास्त्रमा समेत उल्लेख भविष्य पुराण, विश्नुबचन तथा धर्म सिन्धुमा उल्लेख गरेको पाइन्छ ।

बिबिधता मा एकता अनेकतामा एकता यी पर्वहरु बाट पाइन्छ । विभिन्न जात जाति र समुदायको वास्थान रहेको नेपालमा यी पर्वहरु ( विशेष गरे र ॐकार परिवार ) सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने चलन छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिएको पाइन्छ ।

मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गरेको पाइन्छ । पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई “निशो” ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ । हिजोआज भने माघे सक्रान्ति देश विदेश ( नेपाली मुलका ) जता ततै मनाउने चलन बढ्दै गएकोछ । तिलका लड्डु, चाकु, तरुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाध्य सामाग्रीहरुको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग हरुको निधान हुने मा विस्वास गरिन्छ ।‍याऔं। राष्ट्र राष्ट्रीयता स्वधर्म को रक्षा , संस्कार र संस्कृतिको निरन्तर्ता दिऔं । माघे संक्रान्ती को महत्व धेरै नै छ सबैमा मौलिक पर्व माघे संक्रान्तिको हार्दिक शुभकामना ।

The post माघे संक्रान्तिको महत्व appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register