झापाको कनकाईमा लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु

चन्द्र बस्नेतकनकाई, १६ बैशाख । झापाको कनकाई नगरपालिकाले यति बेला लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम धमाधम गरिरहेको छ। नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका अति विपन्न भएका केही घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ देखी ८ घर परिवार सम्मका लागी आधा शुल्कमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको नगर [...] The post झापाको कनकाईमा लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु appeared first on Jhapa Online.

Apr 29, 2025 - 16:11
 0
झापाको कनकाईमा लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु

चन्द्र बस्नेत
कनकाई, १६ बैशाख ।
झापाको कनकाई नगरपालिकाले यति बेला लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम धमाधम गरिरहेको छ। नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका अति विपन्न भएका केही घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ देखी ८ घर परिवार सम्मका लागी आधा शुल्कमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।

यसै अन्तर्गत आज मंगलबार कनकाई वडा १ मा निःशुल्क स्वास्थ्य बिमाको सुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेनुभएका नगरप्रमुख पोख्रेलले अब नगरबासीले स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्थाको अन्त्य भएको समेत बताउनुभयो । उहाँले नगरका सबै जसो वडामा अहिले आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरी नगरवासी लाई सहज स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले अहिले नगर अस्पतालमा अधिकाङ्स सेवाहरु रहेकोे बताउदै स्वास्थ्य उपचारको पउजबाट नगरबासी कोही पनि बन्चित हुनु नपर्ने बताउनुभयो ।

नगरले यसअघि नगर अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरी सेवा दिँदै आएको छ भने नगरवासी अति विपन्न केही गरिब दुखीहरूलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम यति बेला धमाधम गरिँदै आएको उहाँको भनाई छ । नगरले प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण निःशुल्क र ३ देखि ४ घरपरिवारलाई आधा पैसामा स्वास्थ्य बिमा गर्ने लक्ष्य अनुसार कनकाई वडा नम्बर १ मा पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष सुशिलकुमार पोख्रेलले जानकारी दिनुभयो ।

वडा नम्बर १ का ९ टोलका १८ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ३६ बढी घरपरिवारलाई स्वास्थ्य बिमाको आधा शुल्कमा बिमा गर्न सुरु गरिएको वडा अध्यक्ष पोख्रेलले बताउनुभयो ।

कार्यक्रमको सभाअध्यक्ष समेत रहनु भएका कार्यवाहक वडा अध्यक्ष दलबहादुर थापाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियोे । केही वर्ष अघि कोरोना कहरका कारण प्रभावित प्रत्येक नगरवासी हरूलाई अहिलेसम्म नै निःशुल्क अक्सिजनको ब्यवस्थापन त्यसै गरि अति विपन्नलाई माग अनुसार अस्पताल लैजान एम्बुलेन्सको समेत उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो ।

वडा न १ कि स्वास्थ्य बिमा कार्यक्रमकी प्रतिनिधि ईन्दिरा कोईराला (दाहाल) सहजकर्ता रहेको कार्यक्रममा वडा सदस्यहरू निर्मला खड्का, दलबहादुर थापा, वडा सचिव सदिक्षा निरौला कर्मचारी, निर्मला बानिया, टोल विकास संस्थाका पदाधिकारी , स्थानीय सेवाग्राही लगायत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महिला वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियोे ।

The post झापाको कनकाईमा लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register