कांग्रेस नेता डा. कोइराला लन्डनमा भेटघाटमा व्यस्त

लन्डन, माघ २ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ ।       बेलायत भ्रमणमा रहेका डा. कोइराला र मार्टिनबीच नेपालको शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको थियो । भेटमा मार्टिनले अहिलेसम्म पनि नेपालको शान्ति प्रक्रिया नटुङ्गिएकाले […]

Jan 15, 2025 - 11:55
 0
कांग्रेस नेता डा. कोइराला लन्डनमा भेटघाटमा व्यस्त

कांग्रेस नेता कोइराला इयान मार्टिनसँग लण्डनमा

लन्डन, माघ २ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ ।      

बेलायत भ्रमणमा रहेका डा. कोइराला र मार्टिनबीच नेपालको शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको थियो ।

भेटमा मार्टिनले अहिलेसम्म पनि नेपालको शान्ति प्रक्रिया नटुङ्गिएकाले यसलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्‍याउन सुझाव दिएका थिए ।

नेता कोइरालाको निजी सचिवालयका अनुसार उनले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताएका थिए । 

तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले सङ्क्रमणकालीन न्यायलाई चाँडो टुङ्ग्याउन मार्टिनले डा. कोइरालालाई आग्रह गरेका बताइएको छ ।

यसअघि सोमबार कांग्रेस नेता कोइरालाले बेलायती संसद हाउस अफ कमन्सको पोर्टकुलिस हाउसमा बेलायती विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमससहितको उपस्थितिमा नेपाली डायष्पोरालाई सम्बोधन गरेका थिए ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register