बेक्सली नेप्लिज् कम्युनिटी द्वारा संचालित छ हप्ते चित्रकला तालिम कक्षा सम्पन्न
१ में २०२२ आईतबार ,हारिस एकेडमी मा बेक्सली नेप्लिज् कम्युनिटी द्वारा संचालित छ हप्ते चित्रकला कक्षा भब्यताका साथ सम्पन्न भएको छ।
बेक्स्ली नेपाली समाज र डेभलपमेन्ट यलायन्सको सँयुक्त आयोजनामा र TK Max Community fund र ग्रीन ग्रोसर वेलिङको स्पोन्सरमा मिति २७/०२/२०२२ बाट समाजका कक्षा ७ देखि कक्षा १३ भित्रका बाल बालिकाहरुलाई चित्र कला तालिम सन्चालन गरिदै आएको थियो।
बेक्स्ली नेपाली समाज का अध्यक्ष आनन्द धरेल तथा कार्यसमितिका अन्य पद्धिकारी हरूको उपस्थिति र डेभलपमेन्ट यलायन्सको संयोजक बाशु शर्मा र संस्थापक अध्यक्ष केश बहादुर गुरुङ को सँयुक्त उपस्थिति मा रिवन काटेर सम्पन्न यस कार्यक्रम लाई महासचिव केदार थपलियाले संचालन गरेका थिए।
चित्रकला तालिममा २० जना बालबालिकाहरूको सहभागिता रहेको थियो । प्रतेक बच्चाले अतिनै उत्साका र मेहन्तका साथ सहभागि जनाएर यो तालिम सिकेको र यति छोटो समयमानै यति राम्रो चित्र बनाउन जानेकोमा बच्चाहरू प्रति आफु अत्यन्त खुसी रहेको शिक्षिका रू रू लम्सालले बताउनु भयो। साथै बेक्स्ली नेपाली समाज र डेभलपमेन्ट यलायन्स र TK Max Community fund अनि ग्रीन ग्रोसर वेलिङ लाई स्पोन्सर गरेकोमा धन्यवाद पनि दिनु भयो।
पहिला नै प्रदर्शन मा राखिएको बच्चाहरूको चित्र हरूले सबै ध्यान आकर्षित गरिएको थियो ।
स्वागत मन्तव्य दिदै बरिष्ठ उपाध्यक्ष हरिस ज्ञावली ले पनि शिक्षिका रूरूलाई धन्यवाद दिदै बच्चाहरूको चित्र लेख्न कलाको प्रशंसा गर्नुभयो ।
कार्यक्रम मा TK Max Community fund अनि ग्रीन ग्रोसर वेलिङ र शिक्षिका रू रू लम्साल लाई बेक्सली नेप्लिज् कम्युनिटी को तर्फबाट धन्यवाद सहित खादा र प्रमाणपत्र संस्था का अध्यक्ष आनन्द धरेल र उपाध्यक्ष बिजेता गौतम ले प्रदान गर्नु भएको थियो।
कार्यक्रम मा अध्यक्ष ज्यू ले ,यस कार्यक्रमलाई संयोजक गरिदीनु भएको संयोजक दीपेन्द्र सिटैला, बेक्स्ली नेपाली समाजको तर्फबाट सोहन सुवालले मिठो चिया बनाउनु भएकोमा र राम्रो फोटो भिडियो खिचिदिनु भएकोमा पनि धन्यवाद ,नेपाली कक्षाका बच्चाहरू को साथमा चित्रकला प्रदर्शनि हेर्न आउनु भएका शिक्षिका दोए अहिल्या कुंवर र सरिता शर्मा लाई पनि धन्यवाद,TK Max Community fund अनि ग्रीन ग्रोसर वेलिङ लाई स्पोन्सर गरेकोमा धन्यवाद साथै उपस्थित सम्पूर्ण कार्यसमिति का पदाधिकारी,अभिभावक ज्युहरू,बच्चाहरू र शिक्षिका रूरूलाई बिषेश धन्यवाद भन्नु भयो ।
उक्त कार्यक्रम मा बच्चाहरूबाट निर्मित चित्रकला प्रदर्शनि हुनुको साथै मन परेको चित्रहरु सुपथ मुल्यामा खरीद गर्नसक्ने ब्यबस्था गरिएको थियो ।
चित्र बनाउने बच्चाहरू,अभिभावक ,शिक्षिका ,संस्था का पदाधिकारीहरू तथा स्पोन्सर सबै चित्र ख़रीद गर्न अति उत्साहित रहेका थिए।
एउटै चित्र धरैले मन पराएका र ख़रीद गर्न चाहेकाले बोली लगाएर बिक्री गर्नु परेको कार्यक्रमका संयोजक दीपेन्द्र सिटैलाले बताउनु भयो ।
बालबालिकाहरुलाई सपोर्ट र हौसलाकोलागी प्रदर्शनीमा बिक्री भएको चित्र को रकम सोही कलाकर्मीलाई दिइएको थियो ।
What's Your Reaction?