दिल्लीमा बाक्लो कुहिरो लागेपछि ‘ओरेन्ज अलर्ट’ जारी, रेल सेवा प्रभावित

काठमाडौं । भारतको राजधानी दिल्लीको आकाश यतिबेला बाक्लो कुहिरो र धुवाँले ढाकेको छ । यससँगै भारतीय मौसम विज्ञान विभागले त्यहाँ ओरेन्ज अलर्ट जारी गरेको छ । आज (शुक्रबार)का लागि ओरेन्ज अलर्ट जारी गरिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । यसअघि आगामी शनिबार र आइतबारका लागि यस्तो चेतावनी जारी गरिएको थियो । साथै उत्तर भारतमा बाक्लो […]

Jan 17, 2025 - 04:35
 0
दिल्लीमा बाक्लो कुहिरो लागेपछि ‘ओरेन्ज अलर्ट’ जारी, रेल सेवा प्रभावित

काठमाडौं । भारतको राजधानी दिल्लीको आकाश यतिबेला बाक्लो कुहिरो र धुवाँले ढाकेको छ । यससँगै भारतीय मौसम विज्ञान विभागले त्यहाँ ओरेन्ज अलर्ट जारी गरेको छ ।

आज (शुक्रबार)का लागि ओरेन्ज अलर्ट जारी गरिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । यसअघि आगामी शनिबार र आइतबारका लागि यस्तो चेतावनी जारी गरिएको थियो ।

साथै उत्तर भारतमा बाक्लो कुहिरोका कारण रेल सेवा पनि प्रभावित भएको छ । धेरै रेल आफ्नो निर्धारित समयभन्दा धेरै ढिलो चलिरहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीका विभिन्न स्टेसनबाट दौडने २७ वटा ट्रेन ढिलो चलिरहेका छन् ।

मौसम विभागले आज दिल्लीको अधिकतम तापक्रम १९ डिग्री र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहने प्रक्षेपण गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register