उत्पीडित समुदायसँग सम्पर्क टुटेको प्रचण्डको स्वीकारोक्ति
झापा । नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित समुदाय र वर्गसँग पार्टीको सम्पर्क टुटेको बताएका छन् । जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत झापामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उत्पीडित वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान चलाएको उनले बताएका छन् । उत्पीडित समुदायले पाएको अधिकारलाई खोस्न एकथरी शक्ति लागेको भन्दै […]

झापा । नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित समुदाय र वर्गसँग पार्टीको सम्पर्क टुटेको बताएका छन् ।
जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत झापामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उत्पीडित वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान चलाएको उनले बताएका छन् । उत्पीडित समुदायले पाएको अधिकारलाई खोस्न एकथरी शक्ति लागेको भन्दै प्रचण्डले उत्पीडित वर्ग र समुदाय एकताबद्ध हुनुपर्ने उल्लेख गरे ।
संविधान जसरी पनि जारी गर्नुपर्ने बाध्यताका कारण उत्पीडित वर्ग र समुदायका पहिचानका जस्तको त्यस्तै सम्बोधन गर्न नसकिएको उनको भनाइ छ । यसका लागि संविधानको पूर्ण कार्यान्वयनबाट पहल गर्ने र नभए संविधान संशोधनमार्फत पहिचानका मुद्दा सम्बोधन गर्ने उनले बताए ।
“कोच शेर्पालगायत धेरै समुदायका पहिचान सम्बोधनका लागि पहिले संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्नेछ नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्छ । संविधानमा उल्लेख भएका स्वायत्त क्षेत्र विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा केही हदसम्म पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ,” उनले भने ।
कार्यक्रममा आदिवासी समुदायका अगुवाले पहिचानको मुद्दालाई थप बलियो बनाउन प्रचण्डसँग माग गरेका छन् । उनीहरूले चुनावी घोषणापत्रमा प्रतिबद्ध हुनपनि प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
What's Your Reaction?






