विदेश पठाउने भन्दै लाखौँ रकम ठग्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठादिने  भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सन्जिता गुरुङ र ५० वर्षीय रेशम राज लामिछाने रहेका छन् । उनीहरुले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम ठगी गरेका थिए । पीडितले दिएको जाहेरीका आधारमा उनीहरूलाई काठमाडौँ […]

Jan 17, 2025 - 06:41
 0
विदेश पठाउने भन्दै लाखौँ रकम ठग्ने दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठादिने  भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सन्जिता गुरुङ र ५० वर्षीय रेशम राज लामिछाने रहेका छन् ।
उनीहरुले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम ठगी गरेका थिए । पीडितले दिएको जाहेरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ २ गते पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये  सन्जिता गुरुङले दुई जनालाई युके पठाउने भन्दै ६० लाख ८९ हजार रुपैयाँ र  रेशम राज लामिछानेले ११ जनालाई दुबई पठाउने भन्दै २४ लाख  रुपैयाँ ठगी गरेका थिए ।
हाल भने उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register