कर्णालीले सुदूरपश्चिमलाई दियो २१ रनको लक्ष्य
काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई २१ रनको लक्ष्य दिएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा २० रन बनाएको हो । कर्णालीका लागि श्रुती बुढा ८ रनमा अविजित रहँदा रमा बुढाथोकीले ६ रन बनाइन् । आशिका महराले ३, कविता कुँवरले २ तथा रितु […]

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई २१ रनको लक्ष्य दिएको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा २० रन बनाएको हो ।
कर्णालीका लागि श्रुती बुढा ८ रनमा अविजित रहँदा रमा बुढाथोकीले ६ रन बनाइन् ।
आशिका महराले ३, कविता कुँवरले २ तथा रितु कनौजियाले १ विकेट लिइन् ।
खराब मौसमका कारण मैदान भिजेको खेल निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । टस जितेर सुदूरपश्चिमले पहिले बलिङ रोजेको हो ।
What's Your Reaction?






