अमेरिकामा फेरि चल्न थाल्यो टिकटक

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ । ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो । यसअघि आइतबार टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । अमेरिकी कानुनका आधारमा टिकटकले यस्तो कदम […]

Jan 20, 2025 - 04:21
 0
अमेरिकामा फेरि चल्न थाल्यो टिकटक

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ ।

ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो ।
यसअघि आइतबार टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।

अमेरिकी कानुनका आधारमा टिकटकले यस्तो कदम चाल्नुपरेको बताइएको छ । जसले राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै एपमाथि प्रतिबन्ध लगाउन आह्वान गरेको थियो ।

ट्रम्पले टिकटकलाई ९० दिनसम्म खुला गर्न अनुमति दिएको बताएका छन् । विगतमा उनी टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा थिए ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो ।

प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै अमेरिकामा टिकटक बन्द

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register