हिमालयन बैंकको नाफा टुच्च बढ्यो, इपिएस कति ? 

काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ प्रतिशतले बढेको छ । बैंकले यस अवधिमा कुल १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५० […]

Jan 20, 2025 - 04:30
 0
हिमालयन बैंकको नाफा टुच्च बढ्यो, इपिएस कति ? 

काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ प्रतिशतले बढेको छ । बैंकले यस अवधिमा कुल १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.०४ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा २ अर्ब २१ करोडबाट बढेर ३ अर्ब १२ करोड पुगेको छ । 

बैंकको खुद ब्याज अम्दानी १० प्रतिशतभन्दा धेरैले घटे पनि इम्पेयरमेन्ट चार्ज घटेका कारण बैंकको नाफामा सुधार देखिएको हो । यस अवधिमा बैंकको सञ्चालन मुनाफा ४१.२२ प्रतिशत बढेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाखमा झरेको छ । 

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि सामान्य बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १४ पैसा बढेर १४ रुपैयाँ ३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.६८ गुणा रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ९५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register