मनपरी भाडा असुल्ने इन्ड्राइभ चालक पक्राउ, कारवाही गरेर छाडियो ! 

काठमाडौँ । तोकिएको भन्दा बढी भाडा असुलेको भन्दै इन्ड्राइभ चालक पक्राउ परेका छन् । पोखरामा यात्रुसँग बढी भाडा असुलेको गुनासोपछि इन्ड्राइभ चाकलहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।  उनीहरुलाई पोखराका विभिन्न ठाउँबाट ८ वटा सवारी साधनसहित नियन्त्रणमा लिएर कारवाही गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका इन्ड्राइभ चालकहरुलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार […]

Jun 2, 2025 - 04:01
 0
मनपरी भाडा असुल्ने इन्ड्राइभ चालक पक्राउ, कारवाही गरेर छाडियो ! 

काठमाडौँ । तोकिएको भन्दा बढी भाडा असुलेको भन्दै इन्ड्राइभ चालक पक्राउ परेका छन् । पोखरामा यात्रुसँग बढी भाडा असुलेको गुनासोपछि इन्ड्राइभ चाकलहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । 

उनीहरुलाई पोखराका विभिन्न ठाउँबाट ८ वटा सवारी साधनसहित नियन्त्रणमा लिएर कारवाही गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका इन्ड्राइभ चालकहरुलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ । हाल पठाओइन्ड्राइभ लगायतका राइड सेयरिङको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । 

अर्कोतर्फ गण्डकी प्रदेश सरकारले राइड सेयरिङ्गलाई कानूनी मान्यता दिनेगरी नियमावली ल्याएको छ । सोही नियमावलीको विरोधमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गरेर आन्दोलन गरिरहेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register