नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ खुल्दै, आजदेखि आवेदन दिन सकिने 

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गते (आज) देखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्दैछ । कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।  कम्पनीका अनुसार जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत अर्थात […]

Jan 21, 2025 - 03:15
 0
नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ खुल्दै, आजदेखि आवेदन दिन सकिने 

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गते (आज) देखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्दैछ । कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्कासन गर्न लागेको हो । 

कम्पनीका अनुसार जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर आइपिओ जारी गर्न लागेको छ । 

उक्त आइपिओमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आइपिओ भर्न सक्नेछन् । आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले आफ्ना कर्मचारीहरुका लागि कुल आइपिओको कित्ताको ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ । बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register