माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ । समितिको मङ्गलबारको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजीनामा मागेका हुन् । लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने […]

Jan 21, 2025 - 07:21
 0
माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

समितिको मङ्गलबारको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजीनामा मागेका हुन् ।

लेखा समिति सभापति प्रतिपक्षी दललाई दिनुपर्ने, लेखा समिति सभापतिकी श्रीमती सहकारी ठगी र स्वकीय सचिव ठगी गरेको आरोप लागेको अवस्थामा पोखरेलले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

दाहालले भने, ‘सभापतिमाथि नैतिक प्रश्न उठेपछि मार्गप्रशस्त गरिदिने र लोकतान्त्रिक ढङ्गले प्रतिपक्षी दललाई दिन माग गर्दछु ।’ साथै, सार्वजनिक लेखा समितिलाई सरकारको लाचार छाया बनाइएको पनि दाहालले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register