विजेता जनकपुरका खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री ओली भने– दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने जनकपुरका कप्तान र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ (क्यान) र खेलका व्यवस्थापकलाई बधाई दिएका हुन् । […]

Dec 22, 2024 - 06:50
 0
विजेता जनकपुरका खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री ओली भने– दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने जनकपुरका कप्तान र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ (क्यान) र खेलका व्यवस्थापकलाई बधाई दिएका हुन् ।

शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई पराजित गरेको थियो । आगामी दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

‘यो हामी सबैको जित हो । नेपालीको जित हो । एनपीएलको जित हो । यस खेलमा तपाईंहरुको असाधारण क्षमता देखिएको छ । दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्सका खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु हिरो हो । नायक र महानायक हो । म तपाईंहरुको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठूला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।’

आफूमा प्रधानमन्त्रीमा बहाली भएपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतिको पहिलो निर्णयमा गरिएको र निर्माणका लागि बोलपत्र आव्हान गरिएको सुनाउँदै उनले नेपालमा सरकार र आफ्नोतर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराए ।

विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झञ्झटिलो प्रक्रिया भएको क्रिकेट सङ्घ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।

सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका ठूला खेलाडीलाई श्रम स्वीकृतिमा झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गरे । सो टिमका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register