एनआईसी एशिया बैंक राष्ट्र बैंकको कारवाहीमा 

काठमाडौँ । एनआईसी एशिया बैंक राष्ट्र बैंकको कारवाही परेको छ । स्थलगत निरीक्षणका क्रममा बैंकले राष्ट्र बैङ्कको निर्देशन विपरीतका कार्य गरेको भेटिएपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कारवाही गरेको छ ।  राष्ट्र बैंकका अनुसार एनआईसी एशिया बैंकले बैंकका सञ्चालक र सञ्चालकका परिवारका सदस्य र सम्बद्ध संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिएको पाइएपछि बैंकलाई कारवाही गरिएको […]

Jan 21, 2025 - 07:21
 0
एनआईसी एशिया बैंक राष्ट्र बैंकको कारवाहीमा 

काठमाडौँ । एनआईसी एशिया बैंक राष्ट्र बैंकको कारवाही परेको छ । स्थलगत निरीक्षणका क्रममा बैंकले राष्ट्र बैङ्कको निर्देशन विपरीतका कार्य गरेको भेटिएपछि राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कारवाही गरेको छ । 

राष्ट्र बैंकका अनुसार एनआईसी एशिया बैंकले बैंकका सञ्चालक र सञ्चालकका परिवारका सदस्य र सम्बद्ध संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिएको पाइएपछि बैंकलाई कारवाही गरिएको हो । 

त्यस्तै, सञ्चालक, सञ्चालकका परिवारका सदस्य तथा सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरेर खोलेको पनि भेटिएको राष्ट्र बैंकले जनाएको छ । यसरी बैंकबाट दिइएको बढी ब्याज रकम फिर्ता गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपाने र अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल र सञ्चालक रामचन्द्र संघाईलाई राष्ट्र बैंकले नसिहत दिएको छ ।

त्यस्तै, बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभार सम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन तथा संस्थागत सुशासनसम्बन्धी निर्देशनको पालना नगरेको समेत राष्ट्र बैंकले जनाएको छ । 

यसरी राष्ट्र बैंकको निर्देशन पालना नगरेको पाइएपछि कारवाही गर्दै बैंकलाई जारी पुँजीको पर्याप्त ढाँचा २०१५ अनुरुप हुनेगरी जोखिमभार र पुँजीकोष कायम भएको यकिन गरी सोको प्रतिवेदन नियमित रुपमा उपलब्ध गराउन र सोको सुधारको कार्ययोजना बनाई लागू गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।  

साथै कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था निर्देशन अनुरुप हुने गरी गर्न तथा राष्ट्र बैंकले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशनको पालन गर्न र सुधारको कार्ययोजना बनाई लागू गर्न पनि राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई निर्देशन दिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register