रविसहित ७ जनालाई थुनामा राख्न माग गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौं । उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । मङ्गलबार न्यायाधीश राजकुमार खतिवडाको एकल इजलासले सो आदेश दिएको हो । सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहितका ७ जनालाई धरौटीमा छाड्ने जिल्लाको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलले उच्च अदालत पोखरामा निवेदन दिएको थियो । […]

Jan 21, 2025 - 09:36
 0
रविसहित ७ जनालाई थुनामा राख्न माग गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौं । उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

मङ्गलबार न्यायाधीश राजकुमार खतिवडाको एकल इजलासले सो आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहितका ७ जनालाई धरौटीमा छाड्ने जिल्लाको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलले उच्च अदालत पोखरामा निवेदन दिएको थियो ।

लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, सहकारीका संस्थापक अध्यक्ष मीना गुरूङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरूङ र कोषाध्यक्ष आरती गुरूङलाई जिल्ला अदालत कास्कीले पुस २५ गते धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register