जसपा नेपालको आग्रह – पाथीभरा केबलकारसम्बन्धी आन्दोलन वार्तामार्फत् समाधान गरौँ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठक सोमबार साँझ सम्पन्न भएको हो । बैठकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विषयलाई लिएर हाल भइरहेको आन्दोलन वार्तामार्फत् समाधान खोज्न आग्रह गरेको पार्टी कार्यालयले जनाएको छ । साथै बैठकले […]

Feb 4, 2025 - 00:39
 0
जसपा नेपालको आग्रह – पाथीभरा केबलकारसम्बन्धी आन्दोलन वार्तामार्फत् समाधान गरौँ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठक सोमबार साँझ सम्पन्न भएको हो ।

बैठकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विषयलाई लिएर हाल भइरहेको आन्दोलन वार्तामार्फत् समाधान खोज्न आग्रह गरेको पार्टी कार्यालयले जनाएको छ । साथै बैठकले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अविलम्ब रिहाई गर्न सरकारसँग माग गरेको छ ।

किरात–लिम्बुवानको सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र मुकुम्लुङको प्राकृतिक संरचनालाई यथावत राख्न भइरहेको आन्दोलनमाथि दमन नगर्न पनि जसपाले सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी अध्यादेशको विषयमा मङ्गलबार सिंहदरबारमा बस्ने जसपा नेपाल संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।

बैठकले तीन प्रदेशका इन्चार्जहरूको जिम्मेबारी हेरफेर गरेको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा पार्टी महासचिव रामकुमार शर्मा, कर्णाली प्रदेशको इन्चार्ज वीरबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ ।

बैठकले आगामी बैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेशन सम्पन्न गर्न मातहतका संगठनहरूलाई निर्देशनसमेत दिएको जसपाले जनाएको छ ।

सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन । आज (मङ्गलबार) पुनः वार्ता हुन जनाइएको छ ।

यी हुन् जसपा नेपालको कार्यकारिणी समिति बैठकका निर्णय

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register