सेयर बजारमा पाँच अङ्कको वृद्धि 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा पाँच अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ०८ अङ्कले बढेर २६१३ दशमलव ०८ को विन्दुमा पुगेको छ । मंगलबार ३११ कम्पनीका ६९ हजार ८४० पटकको कारोबारमा १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Jan 21, 2025 - 09:36
 0
सेयर बजारमा पाँच अङ्कको वृद्धि 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा पाँच अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ०८ अङ्कले बढेर २६१३ दशमलव ०८ को विन्दुमा पुगेको छ ।

मंगलबार ३११ कम्पनीका ६९ हजार ८४० पटकको कारोबारमा १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८९१ रुपैयाँ रहेको छ ।

१०६ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच उपसमूह घट्दा अन्यमा हरियाली छाएको छ । आज सीइडीबी होल्डिङ्स लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register