“नेपाल र भारतबीच विश्वासको वातावरण बनाउन आवश्यक”

काठमाडौं । गत मंसीरमा चीनको चार दिने औपचारिक भ्रमणबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमै संचारकर्मीहरुलाई अब छिट्टै नै भारतको भ्रमण गर्ने चाँजोपाँजो मिलाउने जवाफ दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अझै अनिश्चित छ । चीन भ्रमण गर्नुअघिपहिलो पटक भारत जान चाहेका भएता पनि भारतले औपचारिक निम्ता नदिएपछि उनी चीन भ्रमणमा गएका हुन् । त्यसपछि गत […]

Jan 21, 2025 - 17:50
 0
“नेपाल र भारतबीच विश्वासको वातावरण बनाउन आवश्यक”

काठमाडौं ।
गत मंसीरमा चीनको चार दिने औपचारिक भ्रमणबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमै संचारकर्मीहरुलाई अब छिट्टै नै भारतको भ्रमण गर्ने चाँजोपाँजो मिलाउने जवाफ दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अझै अनिश्चित छ । चीन भ्रमण गर्नुअघि
पहिलो पटक भारत जान चाहेका भएता पनि भारतले औपचारिक निम्ता नदिएपछि उनी चीन भ्रमणमा गएका हुन् । त्यसपछि गत पुष ११ मा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिरहन आवश्यक नभएको, निम्ता आए जाने, नआए नजाने भन्ने अभिव्यक्ति दिएपछि नेपाल र भारतबीच सम्बन्ध चिसिएको चर्चा चुलिन थालेको छ ।


यसैबीच भारतका बुद्धिजिवीले भने नेपाल र भारतको सम्बन्ध अहिले पनि पहिला जस्तै सुमधुर रहेको तर विश्वासको वातावरण बनाउन भने जरुरी रहेको बताएका छन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्ट र सेन्टर फर एअर पावर स्टडिजले मंगलबार ललितपुरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै सेन्टर फर एअर पावर स्टडिजकी डा. शालिनी चावलाले नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेयता ५ पटक नेपाल भ्रमण गरिसकेको र सोही अवधीमा नेपालबाट पनि करिब १० पटक प्रधानमन्त्रीस्तरिय भ्रमण भैसकेको जिकिर गर्दै उच्चस्तरिय भ्रमण आदानप्रदानमा कुनै कमी नरहेको बताइन् । उनले भनिन्– “दुबै देशबीचको सम्बन्धमा खासै कुनै परिवर्तत आएको छैन । उच्चस्तरिय भ्रमणहरु पनि नभएको होइन, प्रशस्त भएका छन् । खाँचो छ त केवल विश्वासको वातावरण निर्माण गर्ने ।” उनले नेपाल र भारतबीच सांस्कृतिक तथा धार्मिक पर्यटन प्रबद्र्धनमा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको पनि बताइन् ।


कार्यक्रममा जनकपुरका नेता जगप्रकाश चौधरी (जय निशान्त) ले पनि नेपाल–भारतबीच धार्मिक पर्यटनमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिए । उनले विश्वको सबैभन्दा बढी हिन्दु जनसंख्या रहेको भारतको धार्मिक पर्यटकलाई नेपाल भित्र्याउँदा उनीहरुको गुणस्तरिय बसाई लम्ब्याउनेतर्फ काम गर्नुपर्ने आवश्यक्ता औंल्याए । साथै उनले भारतका चर्चित उद्योगपति तथा व्यवसायी घरानाहरुको लगानी विश्वभरि छरिदा सँगैको छिमेक नेपालमा नआउनुको कारणमाथि पनि विचारविमर्श हुनुपर्ने आवश्यक्ता औल्याए ।


कार्यक्रममा टेक उद्यमी शिक्षित भट्टले अबको समय आर्टिफिसिय इन्टिलिजेन्सको भएको र यसलाई एकदमै धेरै उर्जाको आवश्यक्ता पर्ने भएकोले नेपाल र भारतबीच सहकार्य गरेर नेपालको उर्जाको अधिकतम उपयोग गर्दै नेपाललाई एआई हवमा रुपान्तरण गर्न सकिनेतर्फ पनि विचार गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register