धादिङ लोक संस्कृति महोत्सव सुरु, उपप्रधानमन्त्री सिंहले गरे उद्घाटन 

धादिङ।  भव्य सांस्कृतिक झाँकी र व्यापक उपस्थितिका बिच ‘धादिङ लोक संस्कृति महोत्सव २०८१’  सुरु भएको छ ।  उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सव उद्घाटन गर्दै लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्ने बताए ।  आफ्नो संस्कार र सस्कृतिले देशको पहिचान उँचो राख्दै देशको समग्र विकासमा टेवा पुग्ने बताउँदै सिंहले देशको आर्थिक विकास, […]

Jan 24, 2025 - 09:48
 0
धादिङ लोक संस्कृति महोत्सव सुरु, उपप्रधानमन्त्री सिंहले गरे उद्घाटन 

धादिङ। 

भव्य सांस्कृतिक झाँकी र व्यापक उपस्थितिका बिच ‘धादिङ लोक संस्कृति महोत्सव २०८१’  सुरु भएको छ । 

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सव उद्घाटन गर्दै लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्ने बताए ।  आफ्नो संस्कार र सस्कृतिले देशको पहिचान उँचो राख्दै देशको समग्र विकासमा टेवा पुग्ने बताउँदै सिंहले देशको आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवर्द्धनका लागि लोक सांस्कृतिक पक्षको प्रचार महत्त्वपूर्ण रहेको र  लोक सांस्कृतिक महोत्सवले देशको पहिचान उँचो बनाउँदै आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवद्र्धनसँगै देशको समग्र विकास ठूलो योगदान दिने बताए ।

‘नेपाली लोक संस्कृति र संस्कारप्रति स्वदेशी भन्दा विदेशी बढी आकर्षित हुन्छन् । यस्ता मेला महोत्सवहरु विदेशी र स्वदेशी पर्यटकहरूलाई आकर्षित गर्ने माध्यम बन्न सक्छ । जसले पर्यटन उद्योगलाई उकास्न मद्दत गर्दछ’, मन्त्री सिंहले भने –‘महोत्सवको आयोजना गर्दा स्थानीय उत्पादनहरूको बिक्री, होटेल व्यवसाय, हस्तकला तथा यातायात सेवामा आर्थिक गतिविधि बढ्छ र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’

देशको मौलिक परम्परा, भेषभूषा, संगीत, नृत्य, र कला प्रदर्शन गरेर सांस्कृतिक पहिचानलाई जोगाउन आवश्यक रहेको उल्लेख गर्दै  मन्त्री सिंहले यस्ता मेला महोत्सवले युवा पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व गर्न प्रेरणा दिनेमा विश्वास व्यक्त गरे ।

धादिङको रैथाने मौलिक लोक संस्कृतिको प्रवद्र्धन, सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले महोत्सव आयोजना गरेको हो । बिहिबारबाट सुरु भएको लोक सास्कृतिक महोत्सव माघ २० गतेसम्म संचालन हुनेछ ।

 महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरी कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष राखिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताए।

अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण हुनेछ । मौलिक र जातीय पहिचानको झल्काउने खानालाई पनि प्राथमिकतामा राखिएको छ । महोत्सवबाट तीन करोड बराबरको आर्थिक कारोबार हुने र एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने आकलन गरिएको छ ।

महोत्सवमा केहिकृषि उत्पादनसहित  जिल्लाका उत्पादनहरु राखिएको छ । 

उद्घाटनअघि धादिङबेसी बजारमा झाँकी सहितकाे र्यालि निकालिएकाे थियो ।  मेन्दोमायाँ, कौरा, चुड्का, घाटु, तथा चेपाङ , नेवार, मगर, तामाङ सांस्कृतिक तथा  खैँजडी भजन, नौमती र झ्याउरे गीतसहित परिक्रमा गरिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register