प्रधानमन्त्री कप : उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

काठमाडौं । महिला प्रधानमन्त्री कपमा सुपर फोरमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमले बागमतीलाई ३० रनले पराजित गरेको हो । उच्च रनरेटका साथ बागमतीमाथि जित हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको छ । अब फाइनलमा सुदूरपश्चिमले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले […]

Jan 24, 2025 - 11:16
 0
प्रधानमन्त्री कप : उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

काठमाडौं । महिला प्रधानमन्त्री कपमा सुपर फोरमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमले बागमतीलाई ३० रनले पराजित गरेको हो ।

उच्च रनरेटका साथ बागमतीमाथि जित हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको छ । अब फाइनलमा सुदूरपश्चिमले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रन बनाएर अलआउट भयो ।

बागमतीका लागि यशोधा विष्टले ३० रन बनाइन् भने ओपनर हेलिशा गुरुङ २३ रन जोडिन् । अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

सुदूरपश्चिमका लागि करिष्मा थापा, कविता कुँवरले दुई/दुई तथा आशिका महरा र रितु कनौजियाले १-१ विकेट लिइन् ।

यसअघि सुदूरपश्चिमले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ११२ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि रितु कनौजिया ३४ रनमा अविजित रहिन् । मनिषा बोहराले १६ रन बनाउँदा कविता कुँवरले १३ रन जोडिन् ।

बागमतीका लागि सोनु खड्का र मनिषा उपाध्यायले ३–३ तथा विपिशा शाहीले १ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register