सभापति कप : पुलिसलाई हराउँदै बागमती सेमिफाइनलमा (तस्वीरहरु)

काठमाडौं। नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा आयोजक बागमती विजयी भएको छ। २४ औं मिनेटमा जर्सी नम्बर १९ का सुजन मगरको गोलले लिएको अग्रता जोगाउन नसक्दा पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको हो। आयोजक बागमतीको तर्फबाट दोस्रो हाफको ६ मिनेटमा जर्सी नम्बर १३ […]

Jan 25, 2025 - 14:14
 0
सभापति कप : पुलिसलाई हराउँदै बागमती सेमिफाइनलमा (तस्वीरहरु)

काठमाडौं। नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा जारी सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा आयोजक बागमती विजयी भएको छ।

२४ औं मिनेटमा जर्सी नम्बर १९ का सुजन मगरको गोलले लिएको अग्रता जोगाउन नसक्दा पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको हो।

आयोजक बागमतीको तर्फबाट दोस्रो हाफको ६ मिनेटमा जर्सी नम्बर १३ का अमित तामाङले पेनाल्टीमा गोल गर्दै खेल बराबरी बनाए।

प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको इन्जुरी समयमा बागमती कै जर्सी नम्बर ५ का विदेशी खेलाडी आकिन्स केइ को गोल संगै  बागमतीले सेमिफाइनलको यात्रा तय गरेको छ।

आकिन्स केइ आजको खेलको म्यान अफ द म्याच समेत बनेका छन्। आजको विजेता बागमतीले आइतबार हुने फ्रेन्ड्स क्लब र एनआरटीको विजेतासँग मंगलबार सेमिफाइनल खेल्नेछ।

अहिलेसम्म संकटा र मच्छिन्द्र फुटबल क्लबले सेमिफाइनलमा आफ्नो स्थान बनाइसकेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register