लन्डनको गोर्खा चौतारा निर्माणस्थलमा सांसद गुरुङ, भनिन्- नेपाली वीरताको प्रतीक

लन्डन- बेलायत भ्रमणमा आएकी गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले लन्डनमा बन्न लागेको गोर्खा चौतारा निर्माणस्थल अवलोकन गरेकी छन्। शनिबार बिहान लन्डन वुल्लीचस्थित ग्यारिसन चर्च हातामा ‘कमनवेल्थ एण्ड गोर्खा गार्डेन’ निर्माणस्थल पुगेर उनले चौतारा निर्माणको प्रगतिबारे जानकारी लिइन्। सांसद गुरुङले लन्डनमा बन्न लागेको गोर्खा चौतारा नेपालीहरुको वीरताको प्रतीकका रुपमा रहने बताइन्। बेलायत र नेपालबीच ऐतिहासिक तथा […]

Jan 25, 2025 - 15:07
 0
लन्डनको गोर्खा चौतारा निर्माणस्थलमा सांसद गुरुङ, भनिन्- नेपाली वीरताको प्रतीक

लन्डन- बेलायत भ्रमणमा आएकी गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले लन्डनमा बन्न लागेको गोर्खा चौतारा निर्माणस्थल अवलोकन गरेकी छन्।

शनिबार बिहान लन्डन वुल्लीचस्थित ग्यारिसन चर्च हातामा ‘कमनवेल्थ एण्ड गोर्खा गार्डेन’ निर्माणस्थल पुगेर उनले चौतारा निर्माणको प्रगतिबारे जानकारी लिइन्।

सांसद गुरुङले लन्डनमा बन्न लागेको गोर्खा चौतारा नेपालीहरुको वीरताको प्रतीकका रुपमा रहने बताइन्।

बेलायत र नेपालबीच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहंदै आएको उल्लेख गर्दै उनले गोर्खा चौताराले त्यही इतिहास र नेपाली पहिचानलाई स्थापित गर्न सहयोग पुर्याउने आशा व्यक्त गरिन्।

सो अवसरमा रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाटले निर्माणाधिन गोर्खा चौतारालाई स्थानीय नेपालीहरुले आफ्नो पहिचान र गौरवका रुपमा लिएको बताए।

मेयरको वार्षिक च्यारिटीमार्फत् चौतारा निर्माणलाई सहयोग जुटाइरहेका मेयर रानाभाटले चौताराले बेलायत र नेपालबीचको निकट तथा ऐतिहासिक मित्रतालाई प्रतिविम्बन गर्ने विश्वास व्यक्त गरे।

गोर्खा चौतारा प्रोजेक्टका सल्लाहकार रिटायर्ड लेफ्टिनेन्ट कर्णेल टोल खाम्चाले नेपालीहरुले बेलायतका लागि पुर्याएको योगदान र त्यागको कदरस्वरुप गोर्खा चौतारा निर्माणको कार्य अघि बढेको जानकारी दिए।

वुल्लीच ग्ग्यारिसन चर्च ट्रस्टका अध्यक्ष टीम बार्न्स ‘केसी/ एमबिई’ ले चौतारा प्रोजेक्टको अवधारणा र प्रगतिबारे सांसद गुरुङलाई जानकारी गराए । उनले गार्डेनको ‘प्लानिङ प्रपोजल’ आउँदो साता स्थानीय रोयल बरो अफ ग्रीनवीचमा पेश हुने चरणमा पुगेको बताए।

वुल्लीच ग्यारिसन चर्चका ट्रस्टी एवम् गोर्खा चौतारा प्रोजेक्टमा नेपाली समुदायका प्रतिनिधि श्रीचन्द्र गुरुङले चौतारा निर्माणस्थलको अवलोकनमा आएकी सांसद गुरुङलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register