बेलायतको पिआर लिन १० वर्षे नियम बेलायत आइसक्नेलाई पनि लागू हुने

लन्डन । बेलायत सरकारको हालै सार्वजनिक इमिग्रेसन ह्वाइट पेपरमा प्रस्तावित पिआरसम्बन्धि नयाँ नियम यसअघि नै बेलायत आइसकेकाहरुको लागि पनि लागू हुने भएको छ । प्रस्तावित योजनामा यसअघि स्थायी बसोबास (पिआर) सुविधाका लागि बेलायतमा बस्नुपर्ने ५ वर्षको अवधिको मापदण्डलाई बढाएर १० वर्ष पुर्याइएको छ। गत सोमबार घोषणा हुंदा पिआरसम्बन्धि परिवर्तित १० वर्षे नियम नयाँ आउनेहरुलाई मात्रै […]

May 14, 2025 - 19:02
 0
बेलायतको पिआर लिन १० वर्षे नियम बेलायत आइसक्नेलाई पनि लागू हुने

लन्डन । बेलायत सरकारको हालै सार्वजनिक इमिग्रेसन ह्वाइट पेपरमा प्रस्तावित पिआरसम्बन्धि नयाँ नियम यसअघि नै बेलायत आइसकेकाहरुको लागि पनि लागू हुने भएको छ ।

प्रस्तावित योजनामा यसअघि स्थायी बसोबास (पिआर) सुविधाका लागि बेलायतमा बस्नुपर्ने ५ वर्षको अवधिको मापदण्डलाई बढाएर १० वर्ष पुर्याइएको छ।

गत सोमबार घोषणा हुंदा पिआरसम्बन्धि परिवर्तित १० वर्षे नियम नयाँ आउनेहरुलाई मात्रै लागू हुने कि यसअघि नै बेलायत आइसक्नेहरुलाई पनि लागू हुन्छ भन्ने अन्योल थियो । 

तर बीबीसीले बुधबार सार्वजनिक गरेको एक समाचारमा यो व्यवस्था बेलायत आइसकेकाहरुलाई पनि लागू हुने जनाइएको छ । जसअनुसार सन् २०२० देखि हालसम्म कामको शिलशिलामा बेलायत आइसकेका १५ लाख विदेशीहरुले पनि पिआरका लागि १० वर्ष पर्खिनुपर्ने भएको छ ।

हुन त इमिग्रेसन ह्पवाइट पेपरमा सार्वजनिक योजनाहरु कार्यान्वयन हुनुपूर्व  सोहिअनसार इमिग्रेसन कानूनहरु निर्माण हुनुपर्छ । त्यसका लागि प्रस्तावित योजनाहरुमाथि पब्लिक कन्सल्टेसनदेखि संसदको तल्लो र उपल्लो दुवै सदनका प्रक्रियाहरु पार गर्नुपर्ने हुन्छ ।

पीआर सम्बन्धमा प्रस्तावित १० वर्षे व्यवस्था सबै प्रक्रिया पार गर्दै इमिग्रेसन कानून बनेर कार्यान्वयन हुन्छ कि हुंदैन वा कहिलेसम्म कार्यान्वयन हुन्छ भन्ने स्पष्ट हुन बाँकी छ । तर यो प्रस्ताव अनुसारकै व्यवस्था कार्यान्वयन भएको अवस्थामा भने पहिले नै बेलायत आइसक्नेहरुलाई पनि लागू हुने भएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register